
काठमाडौँ, १० चैत । काठमाडौँको कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।












प्रतिक्रिया