१४ कार्तिक २०८३, शनिबार

शंखमूलमा खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । प्रहरीले काठमाडौँको शंखमूलमा खुकुरी प्रहार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका–१३ घर भई हाल काठमाडौंको जडिबुटीमा बस्‍दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु नगरपालिका–६ घर भई हाल जडिबुटी बस्‍ने ३४ वर्षीय रोशन लामा रहेका छन् । यस्तै मध्‍यपुर ठिमी नगरपालिका–९ बस्‍ने २३ वर्षीय पुकार केसी, बतासे गाउँपालिका–९ घर भई भक्तपुर, राधेराधे बस्दै आएका २३ वर्षीय प्रवीण नेपाल र खाँडादेवी गाउँपालिका–३ घर भई जडिबुटी बस्‍दै आएका २७ वर्षीय संजीव मोक्तान रहेको महानगरी अपराध महाशाखाले जनाएको छ ।

उनीहरुलाई ज्‍यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।

शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका थिए ।