७ कार्तिक २०८३, शनिबार

दुई जना बालबालिकाको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० चैत । सप्तरी, सप्तकोशी नगरपालिका–८ ओद्राहा कमलपुर बस्ने सन्तोष मण्डलको छोरा ८ वर्षीय आकाश मण्डलको पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

तिलाठी कोईलाडी गाउँपालिका–५ बर्साईन टोलस्थित मामाघर आएकोमा घर नजिक सोनराही पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, लहान नगरपालिका–२१ कालाबन्जरस्थित इँटाभट्टामा काम गर्ने भारत बिहार घर भएका मो.आशिष मियाकी छोरी १८ महिनाकी आशिना खातुन खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ