२ कार्तिक २०८३, सोमबार

‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर, आजैदेखि प्रसारणमा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् ।

उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोबल एचडी टिभीबाट आज बिहीबारदेखि प्रत्येक बिहीबार साँझ ७ः३० बजेदेखि प्रसारणमा आउँदै छ । जोगिन्दर उपनामले परिचित रिजालले आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकाले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ बर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पूर्ण मनोरञ्जनात्मक शो भएको उनले जानकारी दिए । ‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ, टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने, ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागिएको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पूर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको जानकारी दिएका छन् ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरू खाँदै गफगाफ गर्नेछु,’ उनले थपे, ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका व्यक्ति अतिथिको रूपमा निम्त्याउने उनको भनाइ छ ।

जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजीमार्फत आगामी कला यात्रालाई अगाडि बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत तराइका मुखियाझैं गर्ने छन् ।

रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिदै आएका छन् ।