
काठमाडौँ, ९ चैत । काठमाडौँको कीर्तिपुरमा सुमो र मोटरसाइकल ठोक्किँदा २ जनाको निधन भएको छ ।
कीर्तिपुर नगरपालिकास्थित चोभार डाँडाको घुम्तीमा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार २ जना काठमाडौँ महानगरपालिका–१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका–६ बस्ने २६ वर्षीय समिर गिरीको निधन भएको प्रहरीले जनाएको छ ।
बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र चोभारबाट बल्खुतर्फ आउँदै गरेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
प्रहरीले सुमो चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया