
काठमाडौं, ९ चैत । गायिका ममता गुरुङ र डा. डीआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ ।
गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन् ।
पाँच मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायाङ्कन सकिएको छ । सम्भवतः एउटै पुलमा पुरै म्युजिक भिडियो छायाङ्कन भएको यो पहिलो घटना हो ।
भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको छ ।















प्रतिक्रिया