
काठमाडौं, ९ चैत । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोस्रो अडिसन भोलि बिहीबार ११ बजेदेखि शुरू हुने भएको छ ।
काठमाडौंको रविभवनस्थित रोजशीप विकास तालिम केन्द्रमा अडिसन हुने आयोजक विलक्षण क्रियशनले जानकारी दिएको छ । यसअघि पहिलो चरणको अडिसन चैत ७ गते सोही स्थानमा सम्पन्न भएको थियो ।
आयोजकका अनुसार नेपाल भरका व्युटिसियनहरूका लागि आयोजना गरिँदै आएको यो प्रतियोगितामा भाग लिन चाहनेहरुले सम्बन्धित फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ ।
रोजशीप विकास तालिम केन्द्र र विलक्षण क्रियशन प्रालिले विगत चार वर्षदेखि देशभरका व्युटिसियनहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

आयोजक संस्था रोजशीप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको अध्यक्षतामा सम्पन्न पहिलो अडिसनबाट १२ जना प्रतियोगीहरु फाइनलका लागि चयन भएका छन् । यस्तै यो प्रतियोगिताका लागि बाँकी प्रतियोगीहरु भोलि हुने दोस्रो चरणको अडिशनबाट चयन गरिने भएको छ ।
आगामी शुक्रबारदेखि यो प्रतियोगिताको प्रशिक्षण शुरू गरिने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई दुई साता लामो विभिन्न प्रशिक्षण दिएर ग्रान्ड फिनालेमा उतारिने आयोजक संस्थाकी अध्यक्ष तथा कारंजितले जानकारी दिइन् ।















प्रतिक्रिया