१ कार्तिक २०८३, आइतबार

पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्चक जीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)विरुद्ध रोमाञ्चक जीत हासिल गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।

नेपालले पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि आरिफ शेखले ५९ रन र कुशल भुर्तेलले ५० रन हासिल गरेका थिए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।