२ कार्तिक २०८३, सोमबार

पुष्कर सिंह धामीले बुधबार उत्तराखण्डको मुख्यमन्त्री पदमा सपथ लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ८ चैत । पुष्कर सिंह धामीले मार्च २३ मा दिउँसो ३:३० बजे उत्तराखण्डको मुख्यमन्त्रीको सपथ लिने भएका छन्। उनीसँगै नयाँ मन्त्रिपरिषद्ले पनि सपथ लिनेछन्। यो सपथ ग्रहण समारोह देहरादूनको परेड ग्राउन्डमा हुनेछ।

भाजपाले सोमबार पुनस् पुष्कर सिंह धामीको नाममा मोहर लगाएको छ। देहरादुनमा विधायक दलको बैठकपछि रक्षामन्त्री राजनाथ सिंहले यो घोषणा गरेका हुन्। भाजपाले धामी मार्फत यो चुनाव लडेको थियो। र, पार्टीले ७० सिटमध्ये ४७ सिट जित्यो।

तर, मुख्यमन्त्रीका पदका उम्मेदवार धामीले आफ्नो सिट बचाउन भने सकेनन्। धामीले अब ६ महिनाभित्र चुनाव जितेर विधायक बन्नु पर्ने हुन्छ। किनकि उनले खातिमाबाट चुनाव हारेका थिए। –बीबीसी