
काठमाडौं, ८ चैत । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने छन् ।
यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’बाट प्रतिकारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रतिदिन १ लाख रुपैयाँ रहेको छ ।
तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्ने छन् । सोमबारदेखि लागू भएको यो अफर आगामी वैशाख ६ गतेसम्म जारी रहने छ ।















प्रतिक्रिया