६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जन गरिएको बैंकले जनाएको छ । सोमबार बागलुङको बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले संयुक्तरूपमा शाखाको उद्घाटन गरे ।

यस्तै, एटीएम काउन्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरे ।

बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बताए ।

ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एव्म सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको बैंकले जनाएको छ । साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ वटा जिल्लामा २८९ वटा शाखा, २५४ वटा एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।