
काठमाडौं, ८ चैत । मल्टिस्टारर चलचित्र ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ ।
चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ आगामी भदौ ३१ गते प्रदर्शन हुने जानकारी दिएका छन् । सम्राट बस्नेत निर्देशीत चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ ।
महङगो बजेटमा निर्माण गरिएको बताइने चलचित्रमा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।
गणेश मल्ल ठकुरी (जीएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत छ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीले सम्पादन गर्ने चलचित्रको छायाङ्कन हालै समापन भएको हो ।
चलचित्र गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताएका छन् । उनले केही समयमै चलचित्रको फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिए ।















प्रतिक्रिया