२ कार्तिक २०८३, सोमबार

युक्रेनमा रहेको विषालु ग्यासको ट्यांकमा रुसको आक्रमण, स्वास्थ्यमा संकट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेनको नोभोसेलीत्स्या शहरनजिक रहेको सुमीखिमप्रोममा विषालु ग्यासको एक ट्यांकमा रुसले आक्रमण गर्दा एम्मोनियाको बादल बनेको छ । उक्त बादलले लगभग साढे २ किलोमिटर क्षेत्रलाई ढाकेको त्यस क्षेत्रका गभर्नर दिमीत्रो झीभीत्स्कीले बताए ।

उनका अनुसार, घटनामा एकजना घाइते भएका छन् । ती त्यही भट्टीमा काम गर्ने मानिस हुन् । नोभोसेलीत्स्या शहरवासीहरूलाई शेल्टरमा लुक्न निर्देशन दिइएको छ ।

एम्मोनिया रासायनिक मल बनाउनका लागि उपयोग गरिन्छ । यसले श्वासप्रश्वास प्रणालीमा पीडा र जलन गराउन सक्छ अनि आँखालाई चोट लगाउन पनि सक्छ ।-एजेन्सी