२ कार्तिक २०८३, सोमबार

डिभाइडरमा कार ठोक्किँदा तेलुगु नायिका गायत्रीको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।

गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पुर्याए पनि उनीहरूलाई मृत घोषणा गरिएको थियो । दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ ।

अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ । –एजेन्सी