२ कार्तिक २०८३, सोमबार

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान सोमबार चीन पुगे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ७ चैत । युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् । बिहान ८:०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८:३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।

यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस-युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। –रासस