६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ३०० बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो ।