
हुथी विद्रोहीले शनिबार साउदी अरबको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ। हमलामा तेल कम्पनी अरामकोको एक इकाईलाई पनि निशाना बनाइएको थियो।
समाचार एजेन्सी एफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ। यद्यपी यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन। हुथी विद्रोहीले यस क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण जारी राखेका छन्।
अराम्कोको इकाई बाहेक, विद्रोहीहरूले अल-जनबको पावर स्टेशन अल-शकिकमा रहेको डिसेलिनेशन प्लान्टमा पनि आक्रमण गरेका थिए। एसपीएले केही भिडियो र तस्बिरहरू पोस्ट गरेको छ जसमा अग्निनियन्त्रकहरूले आगो निभाउँदै गरेको देखिन्छ।
यो हप्ता मात्रै, हुथी विद्रोहीले यमन संकटमा वार्ताका लागि छ खाडी देशले राखेको प्रस्ताव अस्वीकार गरेको छ। -एजेन्सी















प्रतिक्रिया