७ कार्तिक २०८३, शनिबार

पहाडी भेगका केही स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । भारतको बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण आज शनिबार नेपालको पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेको विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।