७ कार्तिक २०८३, शनिबार

अख्तियारले खोज्यो मेयर वाईबाको कर्तुत, छोराको नाममा लाखौं निकासा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ४ चैत । नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीका काभ्रे जिल्ला अध्यक्ष समेत रहेका मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले नगरपालिकामा गरेको अनियमितताहरू खुल्दै गएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरको नाममा काटेको गोप्य पत्र सार्वजनिक भएसँगै नगरमा भएका अनियमितता खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ वैशाख २३ मा नगरको नाममा गोप्य पत्र लेख्दै नगर प्रमुखको छोरा सुरेश वाइबा प्रोपाइटर रहेको आरम्भ कन्सट्रक्सन प्रालिलाई विभिन्न निर्माणकार्य गर्न दिएको कार्यको प्रमाण मागेको हो ।

जसमा योजना स्विकृती, विनियोजित बजेट, लागत अनुमान, खरीद प्रकियासँग सम्बन्धित कागजातहरु मागेको हो ।

हेर्नुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरको नाममा काटेको गोप्य पत्र–