शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

साफ यू–१८ महिला च्याम्पियनशीप फुटबल : बंगलादेशसँग नेपाल पराजित

दैनिक नेपाल २०७८ चैत ४ गते ९:२३

काठमाडौं, ४ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग ४–२ ले पराजित भएको हो । नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसाग ७–० को फराकिलो हार बेहोरेको थियो ।

भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशको जितमा अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि नेपालका लागि दिपा शाही र अमिशा कार्कीले गोल गरिन् ।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । नेपाल दुई खेल खेल्दा अंकबिहीन हुँदै पुछारमा छ । भारत र बंगलादेशले समान ३ अंक जोडेका छन् । गोलअन्तरमा भारत शीर्ष तथा बंगलादेश दोस्रोमा छ ।

प्रतिक्रिया
सम्बन्धित