शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

गालातासारेलाई पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा

दैनिक नेपाल २०७८ चैत ४ गते ९:१४

काठमाडौं, ४ चैत । घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २–१ अन्तरको जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

टर्की स्तानबुलमा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो । यससँगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए । पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित