
पोखरा, ४ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई कुनै अन्य दलसँगको गठबन्धन आबश्यक नपर्ने बताएका छन् ।
एमालेको गठबन्धन जनतासँग हुने तर्क गर्दै नेता पहारीले जनताको मन जितेर काम गरेको आफ्नो पार्टी हरपल जनताको सुख–दुःखमा सङ्गै रहेको जिकिर गरेका छन् । धरातल कमजोर भएका अन्य दलहरू जनताबाट अस्विकृत हुने भयका कारण गठबन्धनको रडाको मच्चाएर एमाले सिध्याउने खेलमा लागेको आरोप लगाउँदै उनले आफ्नो पार्टी जनताको दह्रो साथले निर्वाचनमा एक्लै जाने र विजय हासिल गर्ने दाबी गरेका छन् ।
नेकपा एमाले पोखरा महानगर–६ को पार्टी कार्यालयको बिहीबार पोखरामा उद्घाटन गर्दै पहारीले अरुका सय झड्काका अगाडि एमालेको एक झड्का नै काफी हुने दाबी पनि गरेका छन् ।
सो अवसरमा एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यपानेले बिगतको स्थानीय निर्वाचनको जस्तो गल्ती उक्त वडामा नदोहोर्याउन सबैलाइ आग्रह गर्दै जनताको मन जित्ने गरी काममा उत्रन सबै मताहतका कमिटीलाइ आग्रह गरे । आफ्नो पार्टी र जनप्रतिनिधिहरुको लिखित दस्तावेज बनाएर घर–घरमा जनतासम्म पुर्याउन उनले आग्रह गरे ।















प्रतिक्रिया