१४ कार्तिक २०८३, शनिबार

आफ्नो पार्टीको अवस्था थाहा पाउन नेकपा एकीकृतद्वारा अनुगमन टोली गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेकपा एकीकृत समाजवादीले संगठनको वास्तविक पहिचानका लागि अनुगमन टोली गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचानका लागि सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो ।

आफ्नो पार्टीको वास्तविक पहिचानका लागि सातै प्रदेशमा अनुगमन टोली गठन गरिएको हो ।

जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन् ।

यससँगै अब टोलीले आफ्नो पार्टीको अवस्थाबारे स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ ।