७ कार्तिक २०८३, शनिबार

ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बागलुङ, ३ चैत । आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।