शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

यु–१८ महिला साफ दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

दैनिक नेपाल २०७८ चैत ३ गते १०:२४

काठमाडौं, ३ चैत । पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ ।

जमसेदपुरमा हुने खेल साझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ ।

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

प्रतिक्रिया
सम्बन्धित