२ कार्तिक २०८३, सोमबार

सुमि संस्कृति र नरहरि प्रेमीको ‘खेलौं होली’ सार्वजनिक (भिडियोसहित)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । समाजसेवी, गीतकार तथा गायिका सुमि संस्कृतिको शब्द अनि स्वरमा होली गीत ‘खेलौं होली’ सार्वजनिक भएको छ ।

स्वरमा उनलाई गायक तथा संगीतकार नरहरि प्रेमीले साथ दिएका छन् भने संगीत पनि नरहरि प्रेमीकै रहेको छ । गीतको अडियोतर्फ लक्षु प्रकाश मल्लको संगीत संयोजन, राजीव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ भने गीत सुर संगीत स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

पुष्पा पौडेलको कन्सेप्टमा तयारमा भएको भिडियोतर्फ नरहरि प्रेमी र अस्मिता जुरेलीको अभिनय, सीता पराजुलीको श्रृङ्गार, देव दोर्जे लामाको छायाँकन, आशिष गुरुङको कोरियोग्राफी तथा राजकुमारको सम्पादन अनि निर्देशन रहेको छ ।

दक्षिणकाली रिजोर्टको रमणीय स्थानमा छायाँकन गरिएको भिडियोको व्यवस्थापन भने बिष्णु रेग्मी, प्रवीण पोख्रेल तथा शिवराज पौडेलले गरेका हुन् ।

यसअघि पनि जागो जागो माँ भवानी बोलको भजन सार्वजनिक गरिसकेकी गायिका तथा गीतकार सुमि संस्कृतिका थप गीतहरु पनि रिलिजको क्रममा छन् । सांगीतिक गुरु पनि रहेका नरहरि प्रेमीसँगको सहकार्य सहज र उत्कृष्ट हुने उनको भनाई छ ।

आगामी दिनमा पनि गायक तथा संगीतकार नरहरि प्रेमीसँगको सहकार्यले निरन्तरता पाउने र अझ उत्कृष्ट सिर्जनाहरु बजारमा ल्याउने उनी बताउँछिन् ।

https://youtu.be/PfrD3CXaDHs