२ कार्तिक २०८३, सोमबार

कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक सार्वजनिक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको निर्माण टीमले बताएको छ ।

सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन् ।

सार्वजनिक फर्स्टलुकमा तीन मुख्य कलाकार दीपक आचार्य, रवीन्द्र झा र सीपी पुडासैनीलाई फिचर्ड गरिएको छ । पोस्टरका लागि फोटो श्रीधर पौडेलले खिचेका हुन् ।

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक आचार्य, रवीन्द्र झा, सीपी पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

जीवन पराजुलीले छायाँकन गरेको सिरियलको पोस्टर राकेश दाहालले बनाएका हुन् । रोहन जिरेलको सम्पादन तथा चन्दन दत्तले कलर संयोजन गरेका छन् । नवराज भण्डारी सह–निर्माता रहेको सिरियलको केही दिनमा ट्रेलर सार्वजनिक गरिने र प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता रघुनाथ सापकोटाले जानकारी दिए ।

‘सर्खारको सर’को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ ।