शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

नेपालद्वारा पपुवा न्युगिनी २ विकेटले पराजित

दैनिक नेपाल २०७८ चैत २ गते १९:३३

काठमाडौँ, २ चैत । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल विजयी बनेको छ ।

वुधबार युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ ।

पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए ।

त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८/८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान २/२ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित