
पाल्पा, २ चैत । पाल्पाको होटलमा एक जना युवक मृत भेटिएका छन् ।
वुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाको न्यू सोनिया होटलमा त्यही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत भेटिएका हुन् ।
होटल सञ्चालक मृतकका आफ्नै भिनाजु भएको बताइएको छ । उनी आज विहान ९ बजे मृत फेला परेका हुन् ।
घटनबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया