
काठमाडौँ, २ चैत । विदेशमा बस्ने नेपाली नागरिकहरु धेरै नै छन् । हाल पछिल्लो समय विदेशमै बसोबास गर्ने नेपालीहरुको स्वास्थ्यमा समस्या हुँदा खेरी उनीहरुलाई सकेसम्म आफ्नो देशमा उपचारका निम्ती स्वास्थ्य सेवाहरु लिन रुचाउने गर्दछन् ।
विदेशमा उपचार गर्नका लागि नेपालीहरुलाई भाषाको समस्या त हुन्छ नै अर्काे समस्या भने विदेशमा उपचार गराउदा एकदमै महंगो हुने, र आत्माविश्वासको पनि कमि हुने भएकोले अधिकांश नेपालीहरु आफ्नै देशमा उपचार गर्न रुचाउने गरेको पाइन्छ ।
यस्तै धेरै समस्याका बाबजुत जस अन्र्तगत काठमाडौँको बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालमा देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु स्वास्थ्य जाचँ गर्ने उपचारको केन्द्रबिन्दु बनेको प्रशस्तै उदाहरणहरु छन ।
विशेषगरी त स्त्री रोग सम्बन्धी उपचार गर्ने विरामीको पहिलो रोजाई बनेको छ । गएको १५ दिनमा हामिले बिदेशमा बसोबास गर्ने नेपालीहरु पोर्चुगल, अमेरिका, माल्दिभ्स, बेलायत, जापान लगाएका यी देशहरुबाट आएर स्त्री रोगहरुसंग सम्बन्धित महिलाहरुको सफल शल्यक्रिया गरिसकेका छौ ।
उनीहरु कतिमा पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएका शल्याक्रिया लगायत निशन्तानका बिरामीहरुको पनि उपचारहरु गरिसकेका छौ ।
उपचारकै क्रममा पोखरा घर भै माल्दिभ्समा बसोबास गर्दै आएकी वर्ष २६ का पुनम थापासँग अस्पतालले गरेको छोटो कुराकानी यस्तो थियो ।
उनी केहि वर्षदेखि माल्दिभ्समा कामको शिलशिलामा बसोबास गर्दै आएकी पुनम थापा ओभरलमा सिस्ट पलाएर अस्पतालमा पुगेकी थिइन् । उनले अर्कै अस्पतालमा पहिले पनि उपचार गरिसक्नुभएको थियो उनले करिब ६ वर्ष पहिले यो रोगको उपचार गराइसकेको भएता पनि उनलाई ठिक नभएको र उनले माल्दिभ्समा पनि जाचँ गराएकी थिइन् ।
विदेशमा उपचार गराउदा महंगी छ छदै नै छ अर्काे समस्या भनेको भाषाको पनि हुने भएकोले आफ्नो देशमा नहुने परिवारसँग केही जटिल परिस्थितीमा पनि परिवारको साथ सहयोग हौसला पाइने भएकोले देशमै उपचार गराउन आएको उनको भनाई छ ।
एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञ राजन शाह र उनको टिमले दिँदै आएका सफलता पूर्वक सेवाहरुप्रति देश तथा बिदेशमा बासोबास गर्ने बिरामीहरुले विश्वस्तरीय सेवा लिन पाउँदा वा अस्पतालले देश तथा विदेशमा बासोबास गर्ने नागरिहरुलाई यस्तो सेवा दिन पाउँदा डाक्टर राजन शाह र उनको टिम लागायत एभरेष्ट अस्पतालको सम्पूर्ण परिवार एकदमै हर्सित तथा उत्साहित भएको जनाएको छ ।















प्रतिक्रिया