७ कार्तिक २०८३, शनिबार

३५ बिगाहा जग्गामा लगाईएको अवैध लागूऔषध अफिम खेती नष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ चैत । राक्सिराङ गाउँपालिका–४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका–४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका–७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका–८ अन्तर्गत रुपलाङ र डुडलुङ लगायतको क्षेत्रमा ३५ बिगाहामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो ।