
काठमाडौँ, २ चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको घोषणा पत्रको तयारी थालेको छ ।
मंगलबार पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै घोषणा पत्र तयारीको काममा पार्टी लागेको हो ।
जसका लागि वुधबार महारजगञ्ज स्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको छ ।
बैठकमा पार्टीका उपाध्यक्षहरु, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु, सचिवहरु, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेल, पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायत सहभागी छन् ।
बैठकमा विगतका घोषणा पत्रहरुको समीक्षा गरिने बताइएको छ ।
समीक्षामा पाँचवर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरुलाई समेत समेटिने भएको छ ।
त्यसैका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरुलाई पनि बैठकमा डाकिएको छ ।
घोषणा पत्र एक हप्ता भित्र तयार गरेर चैत ९ देखि हुने पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरिने भएको छ ।















प्रतिक्रिया