१ कार्तिक २०८३, आइतबार

स्थानीय तहको निर्वाचनमा एमालेको अग्रसरता,घोषणा पत्र तयारीको काम सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणा पत्रको तयारीको काम सुरु गरेको छ । महारजगञ्ज स्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो ।

उक्त बैठकमा पार्टीका उपाध्यक्षहरु,महासचिव शंकर पोखरेल,उपमहासचिवहरु,सचिवहरु,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।पुष्प कडेल,पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायत सहभागी हुनुहुन्छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारीका अनुसार आजका सहभागीहरुले विगतको निर्वाचनको घोषणा पत्रको समिक्षा र नयाँ समेट्नु पर्ने विषयमा केही प्रस्तावहरु तयार गर्नेछ ।एक हप्ता भित्र घोषणा पत्र तयार गरेर आगामी ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने एमालेको तयारी छ ।