२ कार्तिक २०८३, सोमबार

जेलेन्स्की भन्छन्– रुस अब गरीबी र बेइज्जतीको भुमरीमा फस्छ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले मंगलवार अबेर राति रुसीहरूलाई सम्बोधन गर्दै कठोर कुरा गरेका छन् ।

रुसी भाषामै सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘रुसका नागरिकहरू, तपाईंहरूले सत्य सूचना पाउनुभएको छ भने यो युद्ध तपाईंको देशका लागि कसरी टुंगिनेछ भन्ने थाहा पाइसक्नुभएको होला । बेइज्जती, गरीबी, एक वर्षसम्म एक्लिने स्थिति र कठोर दमनकारी व्यवस्था– तपाईंहरूको भागयमा यही लेखिएको हुनेछ ।’

युक्रेनीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले बताए, ‘तेस्रो हप्ता सकिन लागेको छ । हामी सबैलाई शान्ति चाहिएको छ । हामी सबै विजय चाहन्छौं । अब अलि धैर्य गर्ने हो भने हामी युक्रेनीहरूले आफ्नो अधिकार प्राप्त गर्नेछौं ।’

जेलेन्स्कीले युक्रेनी र रुसी अधिकारीहरू बैठक जारी रहने बताए । ‘बैठकहरू जारी छन् । सम्झौतामा यथार्थवादी अडान लिन थालिएको भनिँदैछ । तर युक्रेनको हितमा निर्णय आउने कुराको सुनिश्चितताका लागि हामीलाई थप समय चाहिन्छ ।’

रुसले धेरै सैन्य उपकरण, सैनिक र रुसी जनरलहरू गुमाएको पनि जेलेन्स्कीले बताए । –एजेन्सी