२ कार्तिक २०८३, सोमबार

अमेरिकी संसद्ले पुटिनलाई घोषित गर्‍यो युद्ध अपराधी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिँदै निन्दा गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

रिपब्लिकन पार्टीका सिनेटर लिन्डसी ग्राहमले राखेको प्रस्तावलाई डेमोक्रेटिक दलका सिनेटरहरूले समेत समर्थन गरेका थिए । त्यसमा द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा अन्य मुलुकलाई युक्रेनमाथि रुसको आक्रमणका सन्दर्भमा रुसी सेनामाथि युद्ध अपराधको अनुसन्धान गर्न आग्रह गरिएको छ ।

सिनेटमा डेमोक्रेटिक मेजोरिटी लीडर चक शुमरले प्रस्तावमा मतदानअघि बताए, ‘यस चेम्बरमा हामी डेमोक्रेट र रिपब्लिकनहरू युक्रेनी जनतामाथि गरिएको ज्यादतीको जवाफदेहिताबाट भ्लादिमिर पुटिन उम्किन सक्दैनन् भन्नका लागि एकताबद्ध छौं ।’ –एजेन्सी