६ कार्तिक २०८३, शुक्रबार

सुनको भाउ १२ सय रुपैयाँले घट्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।