१४ कार्तिक २०८३, शनिबार

३ सय स्टाफ नर्सका लागि खुल्यो सरकारी जागिर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त माग गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार लोकसेवा आयोगले विज्ञापन खुलाएको हो ।

विज्ञापनअनुसार खुलामा १६५ जनाको सिट रहेको छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट संख्यामा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, उल्लेखित पदका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।