शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

पपुवा न्युगिनीमाथि आज सहज जित निकाल्ने तयारीमा नेपाल

दैनिक नेपाल २०७८ चैत २ गते ८:०४

काठमाडौं, २ चैत । नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ । नेपाल पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक थप्न चाहन्छ ।

पपुवा न्युगिनी विश्वकप लिग–२ मा पहिलो जित निकाल्ने सोचमा छ । तुलनात्मक रुपमा पपुवा न्युगिनी विश्वकप लिग–२ को सबैभन्दा कमजोर टोली हो । पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।

१३ खेल खेल्दा जितविहीन छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १३ खेलमानै पराजित हुँदै पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित