७ कार्तिक २०८३, शनिबार

एमालेमा उम्मेदवार छनोटको जिम्मेवारी तोकियो, कुन उम्मेदवार कुन तहले तोक्ने ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटबारे जिम्मेवारी तोकेको छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको जिम्मेवारी तोकेको हो ।

पार्टीका विभिन्न तहलाई वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी तोकिएको छ ।

वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीको जिम्मेवारीमा पर्नेछ ।

यसैगरी, महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने भने जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जनाएका छन् ।

त्यस्तै, उम्मेदवार छनोटको मापदण्ड भने आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटिको बैठकले गर्ने भएको छ ।