७ कार्तिक २०८३, शनिबार

कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो : ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमाशा भएको बताएका छन्। अहिले कांग्रेस कम्युनिष्ट भन्दा परामादेश र जनादेश चाहनेदुई शक्ति मात्रै रहेको तर्क गरेका छन्।

उनले कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाउने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कम्युनिष्ट भन्न नहुने तर्क गरेका हुन्। उनले भने,कम्युनिष्ट सरकारलाई भोट नहालेर ढाल्ने, पछिल्लो ढोकाबाट लुसुक्क गएर दक्षिणपन्थीको सरकार बनाउने, त्यस्तालाई कम्युनिष्ट भनिदैन। उनीहरु पतित भए । यो पनि पतन होइन भने केलाई पतन भन्ने ?

उनले परामादेशी प्रतिगामी शक्ति दक्षिणपन्थी एकातिर र जनपक्षीय शक्ति र जनताको आदेश मान्ने शक्ति रहेको बताएका छन्। मुद्दा जितेर सरकार बनाउने, अदालतले सरकार हटाइदियो, बनाइदियो र प्रधानमन्त्रीको नाम तोकिदियो। अझ यति घन्टाभित्र शपथ लिनुपर्ने समेत भनिदियो, ओलीले भने, त्यो जनविरोधी शक्ति हो।