२ कार्तिक २०८३, सोमबार

युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १ चैत । रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ।

सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ ।
युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ। कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ ।

यद्यपि पश्चिमी देशहरूले रुसीहरूको यी दावीहरूलाई अस्वीकार गरेका छन् र प्रतिक्रियामा पश्चिमी राष्ट्रहरूले मस्कोमा व्यापक प्रतिबन्धहरू लगाएका छन्। –रासस