२ कार्तिक २०८३, सोमबार

रुसले प्रहार गरेका क्षेप्यास्त्रमा रोक्न नसकिने ‘नौलो उपकरण’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसले युक्रेनमा प्रहर गरेको क्षेप्यास्त्रमा ‘नौलौ उपकरण’ भेटिएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक क्षेप्यास्त्रहरूमा पहिला थाहा नभएको छद्म साधन जडान गरिएको र त्यसका कारण क्षेप्यास्त्रलाई बीचमै रोक्न नसकिने भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर–एम बलिस्टिस्क क्षेप्यास्त्रमा जडित एक फुट लामो त्यस्तो साधनमा रेडिओ सङ्केत उत्पन्न गराउने विशेष उपकरण हुने गरेको र त्यसका कारण प्रहार गरिएको क्षेप्यास्त्र रेडारले पत्ता लगाउन नसक्ने विवरण प्रकाशित गरेको छ।

त्यसबाहेक आइरहेका क्षेप्यास्त्रलाई आफूतिर आकर्षित गर्न प्रत्येक साधनमा तापको एउटा स्रोत पनि हुन्छ। ती अमेरिकी अधिकारीहरूका अनुसार सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको छ । सामाजिक सञ्जालमा अस्त्रविज्ञहरूले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्बिरहरू प्रेषित गरेका छन् ।

फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी सेनाले ९०० वटा क्षेप्यास्त्र प्रहार गरिसकेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले दावी गरेका थिए ।-एजेन्सी