
काठमाडौँ, १ चैत । होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।र् पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरीको बुझाइ छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् ।
यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् ।












प्रतिक्रिया