७ कार्तिक २०८३, शनिबार

डोल्पा, मुगु र हुम्लामा छिट्टै केन्द्रीय प्रशारणको विद्युत् पुग्ने छ : कुलमान घिसिङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा बिद्युत्को पहुँच पुगेको बताएका छन् ।

सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युत्को पहुँच ९५ प्रतिशतमा पुर्याइएको उनले बताएका हुन् ।

उनले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिट्टै सबै स्थानमा बिद्युत् पुर्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । दूरदराजमा रहेका जनतालाई विद्युत् पुर्याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाइ थियो ।

घिसिङले डोल्पा, मुगु र हुम्लामा विद्युतको पहुँच अझै पनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको विद्युत् पुर्याउने बताए । उनले बिकट गुम्बामा पनि विद्युतको पहुँच पुर्याउन प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका छन् ।