१४ कार्तिक २०८३, शनिबार

काठमाडौंमा खुर्सानीको धुलो छर्किएर ४२ तोला सुन र १२ लाख लुटपाट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।

पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए ।

त्यसबारे पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा दिएको उजुरीका आधारमा दाङका महेश बिश्वकर्मा र राजेन्द्र सिनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । विश्वकर्मा विश्वकर्मा २६ र सिन २८ गते पक्राउ परेका हुन् ।