
काठमाडौँ, ३० फागुन । भारतले दुई वर्षदेखि बन्द अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउने भएको छ । कोरोना भाइरस महामारीका कारण उडानमा कडाई गरेको भारतले आगामी मार्च २७ देखि नियमित बनाउन लागेको हो ।
विश्वभर भ्याक्सिन लगाउने क्रममा बढेको, सम्बन्धित निकायसँग सल्लाह बमोजिम भारत सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय उडानलाई पुनः सञ्चालनमा ल्याउन बताइएको छ ।
भारतको उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा स्वास्थ्य निर्देशिका पालना गरी सञ्चालन गरिने उल्लेख गरेको छ ।
विगत केही समयदेखि निश्चित मापदण्ड तोकेर केही देशमा मात्रै उडान गर्दै आएको भारतले अब भने नियमित उडान गर्ने भएको हो ।















प्रतिक्रिया