२ कार्तिक २०८३, सोमबार

दक्षिणी क्यालिफोर्नियामा वार्षिक चङ्गा महोत्सव आयोजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जेलस, ३० फागुन । लस एन्जेलसको रेडोन्डो बिच पियरमा आइतवार हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए । चरा, चील, निगल, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौं चङ्गाहरू आकाशमा उडिरहेका थिए । उत्कृष्ट हातले बनाएको चङ्गा, सबैभन्दा बढी उड्ने चङ्गा र कान्छो व्यक्तिले उडाएको चङ्गालाई पुरस्कार प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा लामो समयसम्म चल्ने काइट फेस्टिभल मध्येको एक वार्षिक उत्सवमा प्रत्यक्ष सङ्गीत, स्थानीय नृत्य र मार्शल आर्ट डेमोहरू पनि रहेका थिए ।

टोरेन्समा बस्ने स्थानीय बासिन्दा क्याथी स्मिथले चिनियाँ एनिमेटेड टेलिभिजन शृंखला “प्लेजन्ट गोट एन्ड बिग बिग वुल्फ“ मा एक पात्रको रूपमा बाख्राको आकारको चंगा उडाइन्, जुन सन् २००५ मा डेब्यु गरेपछि चिनियाँ बालबालिकामा निकै लोकप्रिय भएको थियो ।

चङ्गा महोत्सवले वसन्तको सुरुवातको प्रतीक भएको स्मिथले सिन्ह्वालाई भनिन्, वार्षिक कार्यक्रममा भाग लिनु उनको यो तेस्रो पटक हो ।–रासस