२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री मोदीद्वारा पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य लाभको कामना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३० फागुन । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यलाभको कामना गर्नु भएको छ। पूर्वराष्ट्रपति ओबामा आइतबार कोभिड-१९ सङ्क्रमित हुनुभएको हो । उहाँको घाटीमा सामन्य सङ्क्रमण देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य छ।

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत ओबामाको शीघ्र स्वास्थ्यलाभका निम्ति शुभकामना व्यक्त गर्नुभएको हो। पूर्वराष्ट्रपति ओबामाले आइतबार गरिएको स्वास्थ्य परीक्षणमा आफू कोभिड सङ्क्रमित देखिएको तर आफ्नी पत्नी मिशेल ओबामा भने सङ्क्रमित नदेखिएको ट्वीटरमार्फत सार्वजनिक गर्नु भएको छ। -रासस