
सिन्धुपाल्चोक, ३० फागुन । सिन्धुपाल्चोकका स्थानीय युवा एवम् सिभिल इन्जिनीयर ध्रुबराज घिमिरेले जिल्लाको जुगल गाउँपालिकाबाट आसन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
पालिका अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले ‘आधारभूत काम गरौं, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नारा समेत अगाडि सारेका छन् । हिजो आइतबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनीयर पनि हुन् । उनीसँग देशका विभिन्न जिल्लाहरू दर्चुला, ताप्लेजुङ, दैलेख, दोलखा, नुवाकोट लगायतका ठाउँहरुमा विगत १० वर्षदेखि सिभिल इन्जिनीयर र प्रोजेक्ट मेनेजरको रुपमा कार्य सम्पादन गरेको अनुभव छ ।















प्रतिक्रिया