
काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग पर्सी भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया